देउवा दम्पतीका लागि किन खोलियो तलेजु मन्दिरका चारै ढोका ? -
काठमाडौँ चैत्र १५, २०७२ दरबार स्क्वायरमा रहेको तलेजु मन्दिरको ढोका सामान्यतया वर्षमा एक दिन महानवमीमा मात्र खोलिन्छ । तर सोमबार तलेजुका चारै ढोका खुला गरियो । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा दम्पतिका लागि चारैवटा खोलिएको थियो । त्यो व्यवस्था स्थानीय कार्यकर्ताले मिलाएका थिए । भूकम्पले जीर्ण बनेको हनुमानढोका दरबारको बाटोबाट तलेजु मन्दिर चढ्नुअघि देउवाले जीवित देवी कुमारीको पनि दर्शन गरेर आशीर्वाद लिएका थिए । त्यहाँ कांग्रेसका दुई गुटबीच कार्यक्रमको आयोजना कसले गरेको र कसले स्वागत गर्ने भन्नेबारे केही समय विवाद समेत भएको थियो । -
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता