#मृगौला_फेल_हुने_कारणहरु
जानकारी #मृगौला_फेल_हुने_कारणहरु मृगौला भनेको शरीरको पेट पछाडि ढाडको दुवैतिर रहेको दुईवटा अति महत्वपूर्ण अगं हो । रगतमा भएको फोहोर पिसावबाट फालेर रगत सफा राख्दछ । यसले रगतमा भएको नुन र खनिज पदार्थ सन्तुलनमा राख्दछ । यसले रक्तचाप सन्तुलनका लागी पनि महत्वपूर्ण कार्य गर्दछ । हृदयघात, मुटुरोग, अत्याधिक मदिरा सेवन, उच्च रक्तचाप लगायत अन्य रोगका कारण मृगौलाले काम गर्न सक्दैन् । नेपालमा करिब ३० लाख मानिसलाई मृगौलासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको छ । मिर्गौलाको उपचार अत्यन्त महँगो भएका कारण पनि यो रोगबाट बच्नका लागि सचेतना फैलाउनुपर्ने आवश्यकता छ । बर्षेनी लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् । मृगौला किन फेल हुन्छ त ? प्रत्येक मृगौला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ र त्यसमा लाखौको संख्यामा नेफोनहरु हुन्छन । जुन एउटा अति नै सानो फिल्टर जस्तै हुन्छ र यो फिल्टरले रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानी छानेर पिसाब बाट बाहिर पठाउँछ । मृगौलाको फिल्टरले काम नगरेर नै छिन छिनमा पिसाब लाग्ने गर्छ । : #मृगौला_फेल_हुने_कारणहरु : - हृदयघात - मुटुरोग - अत्याधिक मदिरा सेवन, - उक्त रक्तचाप - मधुमेह - संक्रमणजन्य रोग - कलेजो, बिग्रेको अवस्थामा - मृगौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मिर्गौला बिगार्न सक्छ । र - ग्लोमरुलोनेफ्राइटिस, पोलिसिस्टिक किड्नी डिजिज अर्थात् पानीको फोका देखिने रोगले पनि मृगौला खराब गर्छ । : #के_हुन_लक्षण ? : - थकाइ र कमजोरीको महसुस हुनु, - काममा कम ध्यान जानु, - खानामा अरुचि, - निदाउन कठिनाइ, - राति खुट्टाको मासु गल्नु र फर्किनु, - गोडा सुन्निनु, - बिहान आँखा वरिपरि सुन्निनु, - छाला सुख्खा हुनु र चिलाउनु, - राति बढी पिसाब लाग्नु, रक्तअल्पता । - महिनावारीमा अनियमितता र - स्याँस्याँ हुने , - पिसाब फेर्न गाह्रो हुने र छिन छिनमा पिसाब लाग्ने हुन्छ । : #मृगौला_रोगबाट_कसरी_बच्ने_त ? : - कम्तीमा वर्षमा एक पटक मृगौलाको नियमीत परीक्षण गराउने । - खानपानमा ध्यान पुर्याउदै अक्जालेट कम भएका खाना खान खाने । - पान, गुटखा र सुपारी,मधपान धुमपानको कुलत बाट टाढारहने । - जथाभाबि एन्टिवायोटीको प्रयोग नगर्ने, गर्नैे परेपनी चिकित्सकको सल्लानुसार प्रयोग गर्ने - प्रयाप्त पानी पिउने । - तौल सन्तुलनमा राख्नु र - रक्तचाप नियन्त्रण गर्नु मिर्गौला बचाउने उपाय हुन् । - औषधि प्रयोगमा सावधानी अपनाउने । - सामान्य बिरामी हुँदा पनि औषधि प्रयोग गरिहाल्ने बानी हटाउने । - स्वच्छ पानी प्रशस्त पिउने । - नियमित व्यायाम गर्ने । - जाँडरक्सी तथा चुरोट, बिँडीबाट टाढा रहने । - सन्तुलित आहार गर्ने बानी बसाल्ने र - परिवारका कुनै सदस्यलाई पत्थरी, मधुमेहजस्ता रोगको संक्रमण भएमा विशेष सजगता अपनाउनुपर्ने चिकित्सकहरू सुझाव दिन्छन् । ========== राम्रो कुरा शेयर गरेर सबैलाई जानकारी गराउनुहोला | __________ ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो dr सुसिल अधिकारी
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता