चैत्र १५, २०७२ लमजुङ मा सरसफाई स्वास्थ्य प्रतिष्ठा र विकासको आधार स्तम्भ हो । स्वस्थ भएर बाँच्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार पनि हो । यतिबेला मुलुकभरी सफा घरको अभियान तिब्र रुपमा अघि बढेको छ । ‘स्वच्छ गाउँ, सफा शहर, स्वस्थ राष्ट्र हाम्रो रहर’ भन्ने हाम्रो मुल मन्त्र । यही मन्त्रलाई जप्दै हामी आफ्नो गाउँ आफै बनाऊँ भन्दै हिडेका छौं । फेरि सरसफाई गर्नु अरु कसैको लागि पनि होइन, मेरो लागि, मेरो परिवारको लागि र सारा जनताको लागि हो । हामी अरु प्राणीभन्दा चेतनशील प्राणी पनि भएकोले आफ्नो सरसफाई, घरपरिवारको सरसफाई, घरआँगनको सरसफाई गर्न कसैले गर भन्नु नपर्ने हो तर हाम्रो अरुले गर्दिन्छन कि भनेर आश गर्ने बानी पनि छ । सरकारले सन् २०१७ सम्ममा मुलुकभरी खुला दिसामुक्त घोषणा गरिसक्ने लक्ष्य लिइरहेको बेला पहाडी जिल्ला लमजुङले भने ३ बर्ष अघि नै सो अभियानलाई पुरा गरिसकेको र जिल्लालाई पूर्ण सरसफाई गर्नको लागि अभियानकै रुपमा अघि बढाएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनुभयो । सोही अनुरुप सोमबार विहानै जिल्लास्थित सरकारी कार्यलयका कार्यलय प्रमुख तथा कर्मचारीहरुले प्रशासन चोक आसपासका क्षेत्रमा सरसफाई गरेका छन् । स्वस्थ भएर सबै नागरिक बाँच्न पाउनुपर्ने भन्दै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यलय, जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला हुलाक, टेलिकम, जनस्वास्थ्य, खानेपानी, सिंचाई, प्राविधिक कार्यलय, अदालत लगायत कार्यललयका प्रमुख एवं कर्मचारीहरुले आफ्नो कार्यलय वरीपरीको सरसफाई गरी कार्यक्रमको सुरुवात गरेका हुन् । पछिल्लो समय सदरमुकाम बेसीशहर फोहोर बन्दै गएको बन्दै पहिला सरकारी कामकाज हुने कार्यलयको हाता वरीपरीबाट सरसफाईको अभियान शुरु गरेको स्थानिय विकास अधिकारी शेखर पौड्यालले बताउनुभयो । अबका दिनमा लमजुङ बासीले यो अभियानमा साथ दिने छन्
लमजुङ प्रजिअ, प्रनाउ, एलडिओ र जिशिअले चलाए सरसफाईको अभियान –
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता