देशैभर एसएलसी परीक्षा सञ्चालन हुँदै
चैत्र १८, २०७२- यस वर्षको एसएलसी परीक्षामा सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षा देशैभर सञ्चालन भइरहेको विभिन्न जिल्लाबाट कान्तिपुरकर्मीले बताएका छन् । आज पहिलो दिन परीक्षार्थीले अनिवार्य अंग्रेजीको परीक्षा दिइरहेका छन् ।
परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी छन् । एसएलसीको ८२ वर्षे इतिहासमा यसै वर्षदेखि ग्रेडिङ पद्धति लागू हुँदैछ।
यस पटक साधारण विषयमा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१, एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ र प्राविधिकमा ३ हजार २ सय ५५ परीक्षार्थी छन् । नियमिततर्फ २ लाख २५ हजार २ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा छन्। छात्रभन्दा छात्राको संख्या २ हजार १ सय ८९ बढी छ।
प्राविधिक एसएलसीमा १ हजार ९ सय ८२ छात्र र १ हजार २ सय ७३ छात्रा छन्। परीक्षामा सबैभन्दा धेरै काठमाडौंबाट सबैभन्दा बढी ३५ हजार ७ सय २९ र मनाङबाट सबैभन्दा कम ६६ परीक्षार्थी छन् ।
परीक्षाको तालिका हेर्नुस्ः
चैत १८ गते अनिवार्य अंग्रेजी
चैत १९ गते अनिवार्य नेपाली
चैत २१ गते अनिवार्य गणित
चैत २२ गते अनिवार्य विज्ञान
चैत २३ गते सामाजिक शिक्षा
चैत २४ स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा
चैत २५ गते ऐच्छिक प्रथम पत्र
चैत २६ गते ऐच्छिक द्वितीय पत्र
चैत २७ गते प्रयोगात्मक परीक्षा
चैत २८ गते प्रयोगात्मक परीक्षा
चैत २९ गते प्रयोगात्मक परीक्षा
चैत १९ गते अनिवार्य नेपाली
चैत २१ गते अनिवार्य गणित
चैत २२ गते अनिवार्य विज्ञान
चैत २३ गते सामाजिक शिक्षा
चैत २४ स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा
चैत २५ गते ऐच्छिक प्रथम पत्र
चैत २६ गते ऐच्छिक द्वितीय पत्र
चैत २७ गते प्रयोगात्मक परीक्षा
चैत २८ गते प्रयोगात्मक परीक्षा
चैत २९ गते प्रयोगात्मक परीक्षा
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता