मुक्तक मनहरु इजरायल
"१
साहित्यलाई माया गर्ने दिदीबहिनीहरु मुक्त
नमस्कार "
सदाको बिहिबार झैँ हिजो पनि हामी मुक्तकिला मनहरुको जमघट रह्यो ! कामको व्यस्तता बादजुद पनि आफ्ना भावना , समसामयिक मुक्तक कोरेर यहाँहरु माझ ल्याएकाछौं ! र यहाँहरुबाट सल्लाह सुझाबको अपेक्षा राखेकाछौँ !!
'''''''''''''''''''''''''
भवानी अधिकारि नेपाल
>>>>>>>>>>>>>>>>>
थोरै भन्दिन खाली भएको भाग चर्चिन पाए
उब्जाएको प्रेम जो लक्ष्य प्राप्तिमा गर्जिन पाए
केही चाहिन्न अरु भगवान बरदान देउ
स्वर्ग बन्थ्यो जीवन सच्चा प्रेममा खर्चिन पाए !!
..........................
सानु भवानी पौडेल
>>>>>>>>>>>>>
विचधारमा डुङ्गा झै ढलपल छ जिन्दगी
दोबाटोमा आइ पुग्दा अलमल छ जिन्दगी
खै के खोजी रहेछ के नपुगी रहेछ यहाँ
बुझ्नै सकिन यो कस्तो तलतल छ जिन्दगी !!
......................
शुभद्रा घिमिर
>>>>>>>>>>>
जो महामुर्ख छ त्यो देशको राजा हुन्छ
त्यहाँ सधैं हत्या, हिंसाको खबर ताजा हुन्छ
जनता बाँच्नको लागि भिख माग्दै हुन्छन्
उता नेतालाई भने मासु चिउरा खाजा हुन्छ !!
....................
निलम भुषाल
>>>>>>>>>
जूनलाई हेर्दै टोलाउँछु तिम्रो अत्यार लाग्दाखेरी
उज्यालो पो भई दिन्छ तिम्रै यादमा जाग्दाखेरी
कहिले सम्म गरुँ आखिर अनवरत एक्लो यात्रा
पीड़ा मात्र मिल्छ सधै एक चिम्टी खुसी माग्दाखेरी !!
..................
साबित्रा लुईटेल घिमिरे
>>>>>>>>>>>>>>>
महल होइन मेरो राजा तिमि भए पुग्छ
तिम्रा कोमल ब्यबहारले यी अधर झुक्छ
किन गर्छौ यति माया आफैलाइ बिर्सिएर
मधुर त्यो मुस्कानले नै मेरो चित्त बुझ्छ !!
................
रेखा पन्त
>>>>>>>>>
आफ्नै मनमुटु संग बिरानो भएपछि म
धर्ती घर आकाशको छानो भएपछि म
खुकुरीले हानेर छिया छिया अचकल्टो
मुर्दा झैँ छु कलेजी अचानो भएपछि म !!
.....................
सुबेदी सीमा
>>>>>>>>>
निर्मोहीको मायाले लट्ठ पार्यो मलाई
कर्के आँखा पारि हेर्छ लोभी नजर डुलाई
चन्चले त्यो बानि तिम्रो खै कस्तो कस्तो
पिपल पाते कुरा गर्छौ सधैं घुमाइ घुमाई !!
....................
कल्पना पौडेल "जिज्ञासु "
>>>>>>>>>>>>>>>>
तिमीले फेर्ने सासमा म छु सकेनौ है चिन्न मलाई
खाने प्रत्येक गासमा म छु सकेनौ है चिन्न मलाई
मृत साबित गरी मलाई तोडे पनि सम्बन्ध त्यो
छामेर हेर पासमा म छु सकेनौ है चिन्न मलाई ||
....................
केशु पोख्रेल
>>>>>>>>>>>>>
लुकाउदै साँचो कुरा कति टारिरहन्छौ
भेट्न आउछु भनी मिति सारिरहन्छौ
अझै कति गर्छौ झूठको खेती म संग
कहिले सम्म अन्योल मा पारिरहन्छौ !!
...................
भगवती बस्नेत
>>>>>>>>>>>>>
जानेको छौ कैले ठुलो कैले सानो बनाउन
एकछिन लाग्दैन आफ्नोलाई बिरानो बनाउन !
मुटु दिए नि केहि हुन्न मन दिए पनि केहि हुन्न-
विश्वाशघातले सकिएन परेली ओभानो बनाउन !!
..........................
खतिवडा सानु
>>>>>>>>>>>>
उराठ मेरो जिन्दगीमा उर्जा बनि आयौ
सुकुम्बासी थिएँ सम्पतिको पुर्जा बनि आयौ|
हराभरा भयो सृजनाको फसल जताततै
भाग्य खोल्ने चिट्ठाको लंगुर बुर्जा बनि आयौ !!
..................
दिया चापागाई
>>>>>>>>>>
किन बग्छ आँसु सधै पिउनै जानीन की
मन दुख्छ सधै जिउनै जानीन की !
भाग्यलार्इ दोष दिए भाग खोस्यो भनि
कर्मशील हातले सिउनै जानीन की !!
.................
सबिता अधिकारी घिमिरे
>>>>>>>>>>>>>>
जुनसुकै बाटो जानु आफ्नो सपनामा पुरा हुने गरी
आत्म साथ पाईला चाल्नु कल्पना पुरा हुने गरी
समाजको नजरमा तिमि नजरबन्दीहो नारी अब
तिमि अगीसर तिम्रो हरेक चाहाना पुरा हुने गरी !!
........................
बबिता श्रेष्ठ "ए "
>>>>>>>>>>>>>>
आउछु तिम्रै सहरमा दिन्छौ कि त बास मलाई
सापटीमा अलिकति दिन्छौ कि त सास मलाई
गुरासको पाखा बिच.......... सुनगाभा फक्रदैछ
टीपेर सीरमाथी लाइ दिन्छौकी त खास मलाई !!
..........................
रजनी शर्मा
>>>>>>>>>>>
कुनै मानिस स्वर्ग वाट झरेतुल्य लाग्छन्
सेवाकै लागी धर्ति बँसाई सरे तुल्यालाग्छन्
आफ्नो स्वार्थ पूरा गर्न इमान बेच्ने हरु देख्दा
जिउदै पनि यो धर्तीमा मरेतुल्य लाग्छन !!
..........................
बिमला शर्मा ढुंगाना
>>>>>>>>>>>>>
सबैथोक देशमा अभाव छ प्रिय
त्यसैले यो मुटुमा दबाव छ प्रिय
छैन एकैनास बजार भाऊ पनि
कैले उतार कैले चढाव छ प्रिय !!
...................
लक्ष्मी अनुरागी
>>>>>>>>>>>>
झुटको दुनियामा सत्यले दु:ख नपाउने कुरै भएन
सलामी चढाउनेलाइ मौकामा नदाउने कुरै भएन
आफ्नो छानो नछाएर संधै अरुकै आश्रय लिनेलाई
चित्त नबुझ्दा पराइले बन्देज नलाउने कुरै भएन !!
...............
निशा छेत्री कटुवाल
>>>>>>>>>>>>
अलिकति माया उसले देखएर गयो
बिना सहि जीवनलाई लेखाएर गयो
बात गर्यो मिठामिठा अनि घात दियो
सिंगो मुटु बिना चोट फुटाएर गयो !!
....................
शान्ता खवाश
>>>>>>>>>>>
न सोध प्रदेशीको खवर बेहाल छ याहाँ
कथा बेथा उहि सबै पुरानै चाल छ याँहा
संधै संगै भयो दु:ख पिडा जाहाँ गए पनि
हुने को भरी नहुनेको ख़ाली थाल छ याहाँ!!
..................
श्रेष्ठ बसु
>>>>>>>>>>
अचानो झै जिन्दगी बिनाधार खुकुरीले रेटीने छ
लेखेछु भाग्य बालुवामा पानी बहाभले मेटिने छ
भन के खोज्दै छौ तिमी यो खालीखाली पानामा
मात्र डरलाग्दो अन्धकार अनी मौनता भेटिने छ !!
.......................
अम्बिका याम्फु " अनमोल "
>>>>>>>>>>>>>>>>
बर्षको अन्तिम महिना यस्तै उस्तै थियो
हाम्रो पहिलो भेट बाटै माया बस्तै थियो
जाहाँबाट यात्रासुरु गरेनि तर अन्तभइ हाल्ने ,
हुनसक्छ त्यो मिलन स्थाई नभै अस्थाई थियो ! !
........................
मुना सिग्देल
>>>>>>>>>
सुन्दर फूल टिपी शिर सजाउन सकिन
तिमीलाई कहिले आफ्नो बनाउन सकिन
कसरी यहाँ मान्छेले मान्छे मार्छन अचम्म
म तिम्रो यादमा क़सम निदाउन सकिन !!
.......................
नाना रोदुंग
>>>>>>>>>>
आवरण होइन आचरण हेरिनुपर्छ यहाँ
कुर्सि मात्र होइन बेबहार फेरिनुपर्छ यहाँ
अर्थपूर्ण परिबर्तनको कार्यनयन हुनलाई
अब जन्ता सङ्ग सरकार टेरिनुपर्छ यहाँ !!
.............
राधा भट्टराई
>>>>>>>>>>
कुरा काट या झुट बोल तिम्रो भर लाग्छ
समाल या छोड तिम्रो दिल मेरो घर लाग्छ
शहरको भिड्मा बिकल्प खोज्दा खोज्दै
तिम्रो मुस्कान कृतिम हुने हो की डर लाग्छ !!
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता