गजल महफिल' भाग १
'इजरायलमा भएको दिदीबहिनीको गज़ल साहित्य गजल महफिल' भाग १ लिएर हामी यहाँहरु माँझ उपस्थित भएका छौ ! हाम्रा गज़लहरु पढेर यसमा भएका कमि कमजोरी औल्याई आशा छ हामीलाई सल्लाह सुझाव हौसल्ला प्रदान गर्नुहुनेछ !!
१.
कल्पना पौडेल 'जिज्ञासु'
गज़ल
बिते त्यसै ऋतुहरु प्रेमिल साथको कल्पनामा
ढल्यो बैश चिसीएर न्यानो हातको कल्पनामा
अँधेरीले चुमीरह्यो जागेका ती नयनहरु
अनिदै बसेकोछु स्वप्निल रातको कल्पनामा
लगातार उच्छबासमा प्रियतम अल्झिएर
ढुकढुकी बढ्न थाल्छ मिठो बातको कल्पनामा
अतृप्त चाहनाको ज्वाला दन्किरहँदा यसैगरी
पग्लिन्छ्न ओठहरु जोडी आतको कल्पनामा
विछिप्त छ मनको रहर शीतसँगगै पग्ली झर्ने
साँचेकैछु यौवन नशालु मातको कल्पनामा
कल्पना पौडेल
' जिज्ञासु' गैडाकोट ४
नवलपरासी
हाल = इजरायल
२,
Subhadra Ghimire
गजल -------
कसैले जमानी बनाए मजाले !
कसैले कहानी बनाए मजाले !
लगाएर आगो मुटु यो जलाई
कसैले खरानी बनाए मजाले !
हराएछ हाँसो सधैं रुन्छ यो मन,
सधै आँसु पानी बनाए मजाले !
घडा हुन्छ कस्तो म रोएँ सदैव
त्यसैमा निशानी बनाए मजाले !
हुदो रैछ माया नजानी नजानी
फगतको लगानी बनाए मजाले
सुभद्रा घिमिरे
ललितपुर
हाल इजरायल
३,
Devi Subedii
"गजल"
मलाई चिन्ता छ मेरो देश अनि समाजको
यहाँ मान्छे बाचिरहेछ्न जिन्दगी अभावको
कतिबेला र कसरी आउने हो पत्तो नै हुदैन
कुनै समय र कुनै अवधी हुदैन यो कालको
सायद पत्थर कै मन मुटु हुनु पर्छ तिनको जो
आधा हिस्सा बन्छन नारीकै सिन्दुरको
हेर्नुछ मुटु एक पटक प्रयोगशालामा राखेर
कतिसम्म रहेछ आयु यो मुटुभित्र अतितको
जानु छ सबैले माटो र खरानी भएरै जानुछ
किन घमण्ड रहन्छ होला मान्छेहरुमा धनको??
देबी सुवेदी जि सी
गैडाकोट नवलपरासी
हाल इजरायल
४,
रेखा पन्त
गजल
छोरीको भ्रुण हत्याइ बुहारी चाहन्छन्
हुने खाने ठुलो जमीन दारी चाहन्छन्
सुन चादी धन सम्पतिले नपुगेर होला
सुबिधा सम्पन्न सवारी चाहान्छन्
सुन्दर रुप जिउ डाल चट्ट परेकी राम्री
घर फर्किदा कोसेली भारी चाहन्छन्
देउता सरी पुज्ने मान मर्यादा राखी
सहनसिल शुसील संस्कारी चाहन्छन्
मेला पात ढिकी जातो सबै गर्न सक्ने
सर्बगुण सु -सम्पन्न नारी चाहन्छन्
रेखा पन्त,
गोर्खा
हाल इजरायल
५,
Bhagawati Basnet
गजल
काली कति राम्री भन्दै गाजल बनाइदियौ
पिरतीको बिष पिलाई घायल बनाइदियौ
मान्छे एकै भएपनि थरिथरि रुप देख्छु
हावासँग उडिहिड्ने बादल बनाइदियौ
चरी जस्तै पंख फिजाई पुगेपनि धेरै टाढा
आफ्नो माटो सम्झी रुने पागल बनाइदियौ
गायौ सँगै नाँच्यौ सँगै हाँस्यौ खेल्यौसँगसँगै
जब धायौ रोधी अनि मादल बनाइदियौ
भगवती बस्नेत
बल्खु, काठमाण्डौ
हाल इज़रायल
६,
Neelam Bhusal
जाली माया गर्नेहरु हजार हुन्छन्
झुट्टो बोल्दै मर्नेहरु हजार हुन्छन्
. राम्री अलिकति हुनुपर्छ के चाहियो
छेउछाउ पर्नेहरु हजार हुन्छन्.
खाली ठाउँ देखाउन मात्र पर्छ
नजिक सर्नेहरु हजार हुन्छन्
बासनाका लागि मात्र स्वाँठहरु
यता चारा छर्नेहरु हजार हुन्छन्
जे पनि गर्छु भन्छन र पो मार्यो
समुन्द्र नै तर्नेहरु हजार हुन्छन्
नीलम भुसाल
भरतपुर-2
चितवन
७,
Sabitra Luitel Ghimire
स्वतन्त्र -गजल
भावना बेच्ने कहानी कैले सम्म चल्छ
आँशुभित्र जिन्दगानी कैले सम्म चल्छ
डर लाग्छ मनको चाहा मनमै रहन्छ कि
टाढैबाट कुराकानी कैले सम्म चल्छ ?
जन्मेपछि मर्नु पर्ने जान्दा जान्दै पनि
हामी बिचको खिचातानी कैले सम्म चल्छ?
जिन्दगीको किताब यो तिमीलाई नै सुम्पें
शंका गर्ने तिम्रो बानी कैले सम्म चल्छ
तड्पाईमा दिन चर्या चलेको छ अचेल
वियोगमा यो परानी कैले सम्म चल्छ
तिम्ले चाहे जस्तै गर्ने प्रयास गरें मैले
हेरौं तिम्रो मनोमानी कैले सम्म चल्छ
सावित्रा लुइँटेल घिमिरे
झापा –बिर्तामोड
हाल-इजराय
८,
Bimala Sharma Dhungana
गजल -------
कस्ले चिन्छ त्यो रुप रंग फेरी आएपछि
आफ्नो मुहारमा नकाब बेरी आएपछि
सगै जिउने सगै मर्ने भने पनि आखिर
आफै बाँचा तोड्छन् यहाँ अधेरी आएपछि
हरीयाली वनपाखा उजाड छन् अचेल
सुकेछन् बोटहरु ती खडेरी आएपछि
मनका व्याथा सम्झिएर झर्छन् आँशु तर
भुल्छु दु:ख पीडा तिम्रै मझेरी आएपछि
तिमी आउँने बाटो भरी राखेकीथें फूल
देख्छ कस्ले दायाँ बायाँ नहेरी आएपछि
विमला शर्मा ढुंगाना
काठमाडौ
हाल इजरायल
९,
Babita Shrestha A
गजल -------
ढुङ्गा खुशी बनाउन फुल झारेर आएँ
मेटाउन पाप मन्दिरमा कुखुरो मारेर आएँ
जातको गर्योम खुव बयान चल्दैन पानी भन्यो
उठ्यो रिस पुरेत देखि बाइबल खारेर आएँ
श्रम र सीप माथी लैंगिक विभेद यो किन ?
बहिस्कार गर्छौं भन्थे गोरु नारेर आएँ
जाली र झेलिलाई नै फलिफाप रैछ समाज
जित्छु भनेथेँ दुनियाँ थोरै हारेर आएँ
ढुङ्गा खुशी बनाउन फुल झारेर आएँ
मेटाउन पाप मन्दिरमा कुखुरो मारेर आएँ
- बबिता श्रेष्ठ A
सितापाइला काठमाण्डौ।
हाल इजरायल
१० ,
Khatiwada Sanu
गजल
रामलाई पैले सीता नानी दियौँ
पिउन छैन भन्यो पानी दियौ
रोगी भैयो भनि गुनासो आयो
जडिबुटीको हाम्रो खानी दियौँ
बिन्ती चढायौ सैन्य चाहियो भनी
वीर गोर्खाली जवानी दियौँ
भिखारी जस्तै मागी रह्यो उस्ले
सबै कुरा अप्ठेरो नमानी दियौँ
दु:ख पोख्दै हात पसार्यो दुवै
असल छिमेकीको इज्जत धानी दियौँ
हामीलाई पर्दा छुरा धस्यो आखिर
हामीले चैं उस्लाई छानी छानी दियौँ
-सानु खतिवडा
हेटौडा, हाल
इजरायल
११,
Sanu Paudyal
गज़ल
म मर्नेछु मेरो ,कहानी हुनेछ
अहो देह जल्दै ,खरानी हुनेछ
गरौ काम यस्तो, जगतले नभूल्ने
यही मात्र हाम्रो ,निसानी हुनेछ
टुटेरै झरेसी, सगरका सितारा
धरामा सुनौलो , बिहानी हुनेछ
समाचार यस्तो ,सुनायौ तिमीले
बुढा के युवा के ,बिरामी हुनेछ
म बाँच्दा सधैं नै ,तिरस्कार पाँए
म मर्दा नयनमा, त पानी हुनेछ
तिमीले छ बस्नु ,सबैको हियामा
मरेमा हजारौं, सलामी हुनेछ
बहर-- मुतकारिब मुसम्मन सालिम
काभ्रे पलाञ्चोक
हाल इजरायल
१२
Laxmi Anuragi
गजल
समुन्द्री किनारबाट , प्यासी नै फर्किएँ आज
पिउने थिएन पानी , तिर्खाले तड्पिएँ आज
त्यो पारी बस्तीको दृश्य, सुन्दर देखिन्थ्यो
हेर्दा मसान घाटझैं लाग्यो,पुगेर तर्सिएँ आज
सालिन मुहार थियो त्यसैले नजिक थिएँ
कुटिल रहेछ मन उ देखि तर्किएँ आज
सजाएँ खुशीको ताज उसको साथमा छँदा
धोकाको आभास पाएँ घातले चर्किएँ आज
सबैले भोगेकै हुन्छ दैबको नियती यहाँ
हृदय सिथिल भयो अमृत छर्किएँ आज
लक्ष्मी अनुरागी
बोहोराटार काठमाडौँ
१३ ,
मुना सिग्देल
गजल
रुँदैछ- म बाँचेको यो सहर धुवाँ भित्र
के हासोस् जीवनको सफर धुवाँ भित्र
मेरा स्वप्नाले त्यही दिन आत्महत्या गरे
जुन दिन हरायो तिम्रो खबर धुवाँ भित्र
मेरो अन्जान ठेगानामा आगो लाउनू अघि
लगाउनू मेरो पृय एक चक्कर धुवाँ भित्र
तिमी मुटु बेची मलाई भुलेर हास्दै हौला
म ओछ्याइरहेछु प्रेमिल नजर धुवाँ भित्र
कत्ति दर्दनाक! यो समयको चुनौती पनि
हाँसेरै बनाई दियो "मन"को घर धुवाँ भित्र
"मुना सिग्देल
मोरँग उर्लाबारी
हाल इजरायल
१४,
नाना रोदुङ्
फूललाई बिस्वास हुन्न रे मालीमा अचेल
मौरीपनि घुम्दैन रे फुलको डालीमा अचेल
भोटहरु नोट सङ्ग किनबेच चलेपछि
हर्सिन्दैन भन्छ नेताहरु तालिमा अचेल
डेटिङ्जाँदै मिनिस्कटको फेरमा झुम्नेहरु
सौंन्दर्य देख्दैन रे श्रीमतीको लालिमा अचेल
युबाहरु रोजगार खोज्दै पराइभुमि सरेदेखि
झुल्न छोड्यो धानको बाला आलिमा अचेल
मातृत्व र मानबतामा तुवाँलो लाग्यो क्यारे
त्यसैले त शिशुहरु भेटिन्छ नालीमा अचेल
१५,
Radha Bhattarai
गज़ल
परदेशमा छु मेरा पीडा कोटयाउँन नखोज्नु
हत्केलाका ठेला छाम्दै होच्याउँन नखोज्नु
रुखासुखा जस्तो भए नि दुई छाक टार्या छु
मुस्कान हेर्दै मेरो ईमान खोट्याउँन नखोज्नु
पथ्थर मुटु बोकि हिड्ने तिम्रो सहर तिमीलाई
जो कोहि ले मेरो संघार छोट्याउँन नखोज्नु
चाह मेरो गाउँघरमा प्रेरणाको बिज छर्ने
दुनियाँले मेरा चाह घोप्टाउँन नखोज्नु
कैले न्यानो कैले चिसो चलेकैछ जिन्दगी
यसै पनि छदैछ पिर अझ सोठ्याउँन नखोज्नु
राधा भट्टराई
ईटहरी .............
१६,
Sabita Adhikari Ghimire
गज़ल
किन-किन अचेल मेरो शरिर गल्दैछ
आधा रातमा बेस्सरी यो छाती जल्दैछ
मन भित्र पिर ब्यथा जति भए नि
सु:ख दुख प्रदेशमा जीवन चल्दैछ
सत्य कुरा केहो कुन्नि जान्न सकिन
अनायासै समयले मलाई छल्दैछ
अन्योलमा पार्यो नियतिको खेलले
थेग्न कठिन भइ आज ज्यान ढल्दैछ
सबिता अधिकारी घिमिरे
लमजुङ
हाल.इजरायल
—
१.
कल्पना पौडेल 'जिज्ञासु'
गज़ल
बिते त्यसै ऋतुहरु प्रेमिल साथको कल्पनामा
ढल्यो बैश चिसीएर न्यानो हातको कल्पनामा
अँधेरीले चुमीरह्यो जागेका ती नयनहरु
अनिदै बसेकोछु स्वप्निल रातको कल्पनामा
लगातार उच्छबासमा प्रियतम अल्झिएर
ढुकढुकी बढ्न थाल्छ मिठो बातको कल्पनामा
अतृप्त चाहनाको ज्वाला दन्किरहँदा यसैगरी
पग्लिन्छ्न ओठहरु जोडी आतको कल्पनामा
विछिप्त छ मनको रहर शीतसँगगै पग्ली झर्ने
साँचेकैछु यौवन नशालु मातको कल्पनामा
कल्पना पौडेल
' जिज्ञासु' गैडाकोट ४
नवलपरासी
हाल = इजरायल
२,
Subhadra Ghimire
गजल -------
कसैले जमानी बनाए मजाले !
कसैले कहानी बनाए मजाले !
लगाएर आगो मुटु यो जलाई
कसैले खरानी बनाए मजाले !
हराएछ हाँसो सधैं रुन्छ यो मन,
सधै आँसु पानी बनाए मजाले !
घडा हुन्छ कस्तो म रोएँ सदैव
त्यसैमा निशानी बनाए मजाले !
हुदो रैछ माया नजानी नजानी
फगतको लगानी बनाए मजाले
सुभद्रा घिमिरे
ललितपुर
हाल इजरायल
३,
Devi Subedii
"गजल"
मलाई चिन्ता छ मेरो देश अनि समाजको
यहाँ मान्छे बाचिरहेछ्न जिन्दगी अभावको
कतिबेला र कसरी आउने हो पत्तो नै हुदैन
कुनै समय र कुनै अवधी हुदैन यो कालको
सायद पत्थर कै मन मुटु हुनु पर्छ तिनको जो
आधा हिस्सा बन्छन नारीकै सिन्दुरको
हेर्नुछ मुटु एक पटक प्रयोगशालामा राखेर
कतिसम्म रहेछ आयु यो मुटुभित्र अतितको
जानु छ सबैले माटो र खरानी भएरै जानुछ
किन घमण्ड रहन्छ होला मान्छेहरुमा धनको??
देबी सुवेदी जि सी
गैडाकोट नवलपरासी
हाल इजरायल
४,
रेखा पन्त
गजल
छोरीको भ्रुण हत्याइ बुहारी चाहन्छन्
हुने खाने ठुलो जमीन दारी चाहन्छन्
सुन चादी धन सम्पतिले नपुगेर होला
सुबिधा सम्पन्न सवारी चाहान्छन्
सुन्दर रुप जिउ डाल चट्ट परेकी राम्री
घर फर्किदा कोसेली भारी चाहन्छन्
देउता सरी पुज्ने मान मर्यादा राखी
सहनसिल शुसील संस्कारी चाहन्छन्
मेला पात ढिकी जातो सबै गर्न सक्ने
सर्बगुण सु -सम्पन्न नारी चाहन्छन्
रेखा पन्त,
गोर्खा
हाल इजरायल
५,
Bhagawati Basnet
गजल
काली कति राम्री भन्दै गाजल बनाइदियौ
पिरतीको बिष पिलाई घायल बनाइदियौ
मान्छे एकै भएपनि थरिथरि रुप देख्छु
हावासँग उडिहिड्ने बादल बनाइदियौ
चरी जस्तै पंख फिजाई पुगेपनि धेरै टाढा
आफ्नो माटो सम्झी रुने पागल बनाइदियौ
गायौ सँगै नाँच्यौ सँगै हाँस्यौ खेल्यौसँगसँगै
जब धायौ रोधी अनि मादल बनाइदियौ
भगवती बस्नेत
बल्खु, काठमाण्डौ
हाल इज़रायल
६,
Neelam Bhusal
जाली माया गर्नेहरु हजार हुन्छन्
झुट्टो बोल्दै मर्नेहरु हजार हुन्छन्
. राम्री अलिकति हुनुपर्छ के चाहियो
छेउछाउ पर्नेहरु हजार हुन्छन्.
खाली ठाउँ देखाउन मात्र पर्छ
नजिक सर्नेहरु हजार हुन्छन्
बासनाका लागि मात्र स्वाँठहरु
यता चारा छर्नेहरु हजार हुन्छन्
जे पनि गर्छु भन्छन र पो मार्यो
समुन्द्र नै तर्नेहरु हजार हुन्छन्
नीलम भुसाल
भरतपुर-2
चितवन
७,
Sabitra Luitel Ghimire
स्वतन्त्र -गजल
भावना बेच्ने कहानी कैले सम्म चल्छ
आँशुभित्र जिन्दगानी कैले सम्म चल्छ
डर लाग्छ मनको चाहा मनमै रहन्छ कि
टाढैबाट कुराकानी कैले सम्म चल्छ ?
जन्मेपछि मर्नु पर्ने जान्दा जान्दै पनि
हामी बिचको खिचातानी कैले सम्म चल्छ?
जिन्दगीको किताब यो तिमीलाई नै सुम्पें
शंका गर्ने तिम्रो बानी कैले सम्म चल्छ
तड्पाईमा दिन चर्या चलेको छ अचेल
वियोगमा यो परानी कैले सम्म चल्छ
तिम्ले चाहे जस्तै गर्ने प्रयास गरें मैले
हेरौं तिम्रो मनोमानी कैले सम्म चल्छ
सावित्रा लुइँटेल घिमिरे
झापा –बिर्तामोड
हाल-इजराय
८,
Bimala Sharma Dhungana
गजल -------
कस्ले चिन्छ त्यो रुप रंग फेरी आएपछि
आफ्नो मुहारमा नकाब बेरी आएपछि
सगै जिउने सगै मर्ने भने पनि आखिर
आफै बाँचा तोड्छन् यहाँ अधेरी आएपछि
हरीयाली वनपाखा उजाड छन् अचेल
सुकेछन् बोटहरु ती खडेरी आएपछि
मनका व्याथा सम्झिएर झर्छन् आँशु तर
भुल्छु दु:ख पीडा तिम्रै मझेरी आएपछि
तिमी आउँने बाटो भरी राखेकीथें फूल
देख्छ कस्ले दायाँ बायाँ नहेरी आएपछि
विमला शर्मा ढुंगाना
काठमाडौ
हाल इजरायल
९,
Babita Shrestha A
गजल -------
ढुङ्गा खुशी बनाउन फुल झारेर आएँ
मेटाउन पाप मन्दिरमा कुखुरो मारेर आएँ
जातको गर्योम खुव बयान चल्दैन पानी भन्यो
उठ्यो रिस पुरेत देखि बाइबल खारेर आएँ
श्रम र सीप माथी लैंगिक विभेद यो किन ?
बहिस्कार गर्छौं भन्थे गोरु नारेर आएँ
जाली र झेलिलाई नै फलिफाप रैछ समाज
जित्छु भनेथेँ दुनियाँ थोरै हारेर आएँ
ढुङ्गा खुशी बनाउन फुल झारेर आएँ
मेटाउन पाप मन्दिरमा कुखुरो मारेर आएँ
- बबिता श्रेष्ठ A
सितापाइला काठमाण्डौ।
हाल इजरायल
१० ,
Khatiwada Sanu
गजल
रामलाई पैले सीता नानी दियौँ
पिउन छैन भन्यो पानी दियौ
रोगी भैयो भनि गुनासो आयो
जडिबुटीको हाम्रो खानी दियौँ
बिन्ती चढायौ सैन्य चाहियो भनी
वीर गोर्खाली जवानी दियौँ
भिखारी जस्तै मागी रह्यो उस्ले
सबै कुरा अप्ठेरो नमानी दियौँ
दु:ख पोख्दै हात पसार्यो दुवै
असल छिमेकीको इज्जत धानी दियौँ
हामीलाई पर्दा छुरा धस्यो आखिर
हामीले चैं उस्लाई छानी छानी दियौँ
-सानु खतिवडा
हेटौडा, हाल
इजरायल
११,
Sanu Paudyal
गज़ल
म मर्नेछु मेरो ,कहानी हुनेछ
अहो देह जल्दै ,खरानी हुनेछ
गरौ काम यस्तो, जगतले नभूल्ने
यही मात्र हाम्रो ,निसानी हुनेछ
टुटेरै झरेसी, सगरका सितारा
धरामा सुनौलो , बिहानी हुनेछ
समाचार यस्तो ,सुनायौ तिमीले
बुढा के युवा के ,बिरामी हुनेछ
म बाँच्दा सधैं नै ,तिरस्कार पाँए
म मर्दा नयनमा, त पानी हुनेछ
तिमीले छ बस्नु ,सबैको हियामा
मरेमा हजारौं, सलामी हुनेछ
बहर-- मुतकारिब मुसम्मन सालिम
काभ्रे पलाञ्चोक
हाल इजरायल
१२
Laxmi Anuragi
गजल
समुन्द्री किनारबाट , प्यासी नै फर्किएँ आज
पिउने थिएन पानी , तिर्खाले तड्पिएँ आज
त्यो पारी बस्तीको दृश्य, सुन्दर देखिन्थ्यो
हेर्दा मसान घाटझैं लाग्यो,पुगेर तर्सिएँ आज
सालिन मुहार थियो त्यसैले नजिक थिएँ
कुटिल रहेछ मन उ देखि तर्किएँ आज
सजाएँ खुशीको ताज उसको साथमा छँदा
धोकाको आभास पाएँ घातले चर्किएँ आज
सबैले भोगेकै हुन्छ दैबको नियती यहाँ
हृदय सिथिल भयो अमृत छर्किएँ आज
लक्ष्मी अनुरागी
बोहोराटार काठमाडौँ
१३ ,
मुना सिग्देल
गजल
रुँदैछ- म बाँचेको यो सहर धुवाँ भित्र
के हासोस् जीवनको सफर धुवाँ भित्र
मेरा स्वप्नाले त्यही दिन आत्महत्या गरे
जुन दिन हरायो तिम्रो खबर धुवाँ भित्र
मेरो अन्जान ठेगानामा आगो लाउनू अघि
लगाउनू मेरो पृय एक चक्कर धुवाँ भित्र
तिमी मुटु बेची मलाई भुलेर हास्दै हौला
म ओछ्याइरहेछु प्रेमिल नजर धुवाँ भित्र
कत्ति दर्दनाक! यो समयको चुनौती पनि
हाँसेरै बनाई दियो "मन"को घर धुवाँ भित्र
"मुना सिग्देल
मोरँग उर्लाबारी
हाल इजरायल
१४,
नाना रोदुङ्
फूललाई बिस्वास हुन्न रे मालीमा अचेल
मौरीपनि घुम्दैन रे फुलको डालीमा अचेल
भोटहरु नोट सङ्ग किनबेच चलेपछि
हर्सिन्दैन भन्छ नेताहरु तालिमा अचेल
डेटिङ्जाँदै मिनिस्कटको फेरमा झुम्नेहरु
सौंन्दर्य देख्दैन रे श्रीमतीको लालिमा अचेल
युबाहरु रोजगार खोज्दै पराइभुमि सरेदेखि
झुल्न छोड्यो धानको बाला आलिमा अचेल
मातृत्व र मानबतामा तुवाँलो लाग्यो क्यारे
त्यसैले त शिशुहरु भेटिन्छ नालीमा अचेल
१५,
Radha Bhattarai
गज़ल
परदेशमा छु मेरा पीडा कोटयाउँन नखोज्नु
हत्केलाका ठेला छाम्दै होच्याउँन नखोज्नु
रुखासुखा जस्तो भए नि दुई छाक टार्या छु
मुस्कान हेर्दै मेरो ईमान खोट्याउँन नखोज्नु
पथ्थर मुटु बोकि हिड्ने तिम्रो सहर तिमीलाई
जो कोहि ले मेरो संघार छोट्याउँन नखोज्नु
चाह मेरो गाउँघरमा प्रेरणाको बिज छर्ने
दुनियाँले मेरा चाह घोप्टाउँन नखोज्नु
कैले न्यानो कैले चिसो चलेकैछ जिन्दगी
यसै पनि छदैछ पिर अझ सोठ्याउँन नखोज्नु
राधा भट्टराई
ईटहरी .............
१६,
Sabita Adhikari Ghimire
गज़ल
किन-किन अचेल मेरो शरिर गल्दैछ
आधा रातमा बेस्सरी यो छाती जल्दैछ
मन भित्र पिर ब्यथा जति भए नि
सु:ख दुख प्रदेशमा जीवन चल्दैछ
सत्य कुरा केहो कुन्नि जान्न सकिन
अनायासै समयले मलाई छल्दैछ
अन्योलमा पार्यो नियतिको खेलले
थेग्न कठिन भइ आज ज्यान ढल्दैछ
सबिता अधिकारी घिमिरे
लमजुङ
हाल.इजरायल
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता