सुरक्षित प्रसूति सेवा लिँदै दुर्गम गाउँका महिला

कालिकोट । जिल्लाका दुर्गम ग्रामीण भेगका महिलाले घरमै सुत्केरी हुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतालाई टारेका छन् । यतिखेर यहाँका प्रसूति गृहले सहयोग पु¥याएको छ । सुत्केरी व्यथा लागेका महिलालाई जिल्ला स्वास्थ्य कार्यालयसम्म पुर्याउन दुई दिन लाग्ने दुर्गम गाउँमा समेत आजकाल प्रसूति सेवा प्रदान गरिएपछि प्रसूति गृह सुत्केरीको सहारा बनेको हो । ‘मैले पहिलो बच्चा घरमै जन्माएकी थिएँ । किनकी मेरो घरबाट सिपखाना प्राथमिक स्वास्थ्य केन्द्र निकै टाढा रहेको छ । घरबाट करिब तीन घण्टा पैदल हिँडेर मात्र उक्त केन्द्रमा पुगिन्थ्यो । म गर्भवती हुँदा स्वास्थ्य संस्थासम्म मलाई बोकेर लैजान कुनै साधन पनि त थिएन । गर्भावस्थामा कम्तिमा चारपटक गर्भ जाँच गराउनुपर्छ भन्ने पनि मलाई थाहा थिएन,’ बिहीबार रास्कोट नगरपालिकाको सिपखाना सेराचौर प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति सेवा लिन पुगेकी रास्कोट नगरपालिका–१ लहरेला टमट्टा बाडाकी ३३ वर्षीया जनपरा टमट्टाले विगतलाई सम्झँदै दुःखेसो पोखिन्, ‘त्यसैले म पहिलोपटक गर्भवती हुँदा मैले गर्भ जाँचसमेत गराएकी थिइनँ ।’ अहिले पहिलोपटक हो प्रसुति गृहमा आएर बच्चा जन्माएको जनपुराले भनिन्, ‘नजिकै अस्पताल नभएको भए बाँच्ने थिइनँ । धन्यवाद छ । मेरो ज्यान बचाउनेलाई ।’ जनपुराजस्तै अन्य महिलाले विगतमा सुत्केरी हुँदाको पीडा सुनाउने गर्छन् । गाउँगाउँमा प्रसूति गृह निर्माण भएपछि आजकाल दुर्गम गाउँका सुत्केरी महिला सुरक्षित प्रसूति सेवा लिन थालेका हुन् । केहीसमय अघिसम्म घरगोठमा बच्चा जन्माउने चलन रहिरहे पनि अहिले गाउँमै सुरक्षित प्रसूति सेवा प्रदान गरिएपछि मातृ मृत्यदर पनि घटेको रास्कोट नगरपालिका स्वास्थ्य शाखा संयोजक हंशराज बरालले बताए । उनले भने, ‘विगतमा दुर्गम बस्तीका सुत्केरीहरू जिल्ला स्वास्थ्य कार्यालय लैजाँदै गर्दा कतिपयको बाटोमै मृत्यु हुने गथ्र्यो अहिले गाउँमै प्रसूति गृह स्थापना भए पनि घरगोठमै बच्चा जन्माउने चलन हट्दै गएको हो ।’ गाउँमै प्रसूति सेवा स्थापना गरिए पनि आवश्यक मेसिन उपकरण र दक्ष जनशतिm अभावमा धेरैको सुत्केरी आमाहरूको रिफरकै क्रममा बाटोमै मृत्यु हुने गरेको छ । नत्र भने पहिलेजस्तो दिनहुँ पैदल हिँडेर जिल्ला अस्पताल पुग्नुपर्ने अवस्था छैन । घरगोठमा बच्चा जन्माउने चलन बिस्तारै हट्दै गइरहेको संयोजक बरालले बताए । तर, आजकाल घरमै सुत्केरी हुने महिलाको संख्यामा कमी देखिएको छ भने सुत्केरी महिला व्यथा लाग्ने बित्तिकै प्रसूति गृह नै रोज्ने गर्दछन् । जिल्लामा रहेका सबै प्रसूति गृहमा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था तथा गर्भवतीलाई बोक्न सबै वडाहरूमा स्टेचरको व्यवस्था मिलाएपछि यतिखेर सुत्केरीलाई प्रसूति गृहसम्म ल्याउन सजिलो भएको जिल्ला स्वाथ्स्य कार्यालयका प्रमुख कटक महतले बताए । उनले मातृ स्वास्थ्य सुदृढ गर्नका लागि सरकारले प्रसूति गृह सुधारमा सहयोग गर्दै आएपछि हाल गुणस्तरीय प्रसूति सेवा प्रदान गर्न सजिलो भएको समेत जानकारी दिए । कालिकोटका गत वर्षसम्म ३८ प्रतिशतले प्रसूति गहमा बच्चा जन्माउने गरेकोमा हाल बढेर ४६ प्रतिशत भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको होम डेलिभरी फ्रि जिल्ला बनाउने उद्देश्य अनुरूप यतिखेर कालिकोटमा पनि ३१ वटा स्वास्थ्य संस्थामार्फत्त प्रसूति सेवा प्रदान गरिँदै आएको छ । प्रमुख महतका अनुसार, जिल्लास्थित ६ गाउँपालिका र तीन नगरपालिका क्षेत्रका विभिन्न ठाउँमा प्रसूति गृह निर्माण भएपछि स्थानीय गर्भवती महिलालाई प्रसूति सेवा लिन सहज भएको छ । यस जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार ३१ वटा प्रसूति गृहबाट वार्षिक १८ सय सुत्केरी महिलाले प्रसूति सेवा लिने गरेको जानकारी प्राप्त भएको छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता