खसी भनेर झुक्याई बाख्राको मासु बेच्नेलाई ५० हजार जरिवाना

  • राँझा । खसीको मासु भनेर ग्राहकलाई झुक्याई बाख्राको मासु बिक्री गर्ने नेपालगञ्जका एक मासु पसलेलाई रु ५० हजार जरिवाना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित ‘बब्लु फ्रेस हाउस’ का सञ्चालक सवानअली कुरेसीलाई कारवाही गरिएको हो ।
    पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. शितलबाबु श्रेष्ठका अनुसार अनुगमनका त्रममा कुरेसीले खसीको मासु भन्दै झुक्याएर बाख्राको मासु बेच्ने गरेका थिए ।
    सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, वाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल, उपमहानगरपालिका र प्रहरीसहितको टोलीले मासु पसलको अनुगमन गरेको हो । अनुगमन गर्न आएको थाहा पाएपछि अधिकांश मासु पसले पसल बन्द गरी भागेका थिए । सो क्रममा पसल दर्ता नगरी सञ्चालनमा आएका ६ मासु पसलमा ताला लगाइएको छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता