रुपन्देही । रुपन्देहीमा भएको डिजेल चोरी काण्डमा उच्च ओहोदाका व्यक्तिहरुनै संलग्न भएको खुलेको छ । जिल्लामा पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रि वितरण्ँ गर्दै आएका व्यवसायीहरु मध्ये अधिकांश व्यवसायिक संस्थाका उच्च ओहदामा रहेका व्यक्तिहरु चोरी काण्डमा संलग्न छन् । केहीदिन अघि मात्रै उद्योेग वाण्ँिज्य महासंघमा केन्द्रिय सदस्यमा निर्वाचित भएका चोपनारायण श्रेष्ठ, पश्चिमाञ्चल ट्याङकर व्यवसायी संघका निवर्तमान अध्यक्ष हरिवहादुर कु“वर, पश्चिमाञ्चल ट्याङकर व्यवसायी संघका अध्यक्ष राकेशकुमार कसौधन, पश्चिमाञ्चल ट्याङकर व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष बालकृष्ण्ँ गैरे डिजेल चोरीमा संलग्न भएको भन्दै नेपाल आयल निगम लिमिटेडले उनीहरुका ट्याङकरलाई ढुवानीका लागि रोक्का गरेको छ । निगमले विज्ञप्ती निकालेर ट्याङ्गकरबाट पेट्रोलियम पदार्थ ढुवानी नियमावली २०५३ (चौथो संसोधन २०६५ समेत) बमोजिम १९ वटा टैंकरहरु स“गको करार÷सम्झौता तत्काल देखिनै लागू हुने गरी निलम्बन गरेको जनाएको छ । निगमले पिंकी एण्ड प्रिती जैसवाल, पशुपतिनाथ कसौधन, राकेशकुमार कसौधन, दयाशंकर प्रसाद कसौधन, पप्पुकुमार कसौधन, बालकृष्ण्ँ गैरे, प्रेमराज गैरे, विनोद उप्रेती, हरिबहादुर कु“वर, रुपादेवी जैसवाल, सञ्जु श्रेष्ठ, विजेन्द्रर कुमार चौधरी, रुद्रप्रसाद शर्मा, प्रिया गुरुङ, चौधरी फिलिङ सेन्टर स“गको सम्झौतालाई निलम्बन गरेको छ । निलम्बन हुने सबैका ट्याङकर पडसरी र मधवलियामा फेला परेको र डिजेल चोरीको काण्डमा संलग्न रहेको प्रमाणसहित भेटाइएको आयम निगमले जनाएको छ ।
डिजेल चोरी काण्डमा उच्च ओहोदाका व्यक्तिहरुनै संलग्न
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता