गृह श्रमिक महिलाको जीवनस्तर उकास्न विशेष योजना ल्याउने : मन्त्री केसी -

काठमाडौं, वैशाख २२ । महिला तथा बालबालिकामन्त्री निलम केसीले गृह श्रमिक महिलाहरुको जीवनस्तर उकास्न सरकारले विशेष योजना ल्याउने बताएकी छन् । राजधानीमा आज भएको अनौपचारिक क्षेत्रका श्रमिकहरुको लागि सामाजिक सुरक्षा सम्बन्धी अन्र्तक्रियामा उनले अनौपचारिक क्षेत्रका झण्डै ९० प्रतिशत श्रमशक्तिको अवस्था अहिले पनि जोखिम र बहिस्करणमा परेको बताइन् ।

कार्यक्रममाश्रम मन्त्रालयका सहसचिव धनबहादुर श्रेष्ठले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई औपचारिक क्षेत्रमा ल्याउने काम चुनौती भएको बताए ।

कार्यक्रममा श्रमिकहरुले समयमा ज्याला नपाएको, श्रमको ग्यारेण्टी नभएको, श्रम शोषण बढ्दै गएको र सामाजिक सुरक्षा हुन नसकेको गुनासो गरेका थिए - 

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता