पत्रकारको विधान संशोधन प्रस्ताव महाधिवेशनमा नेपाल पत्रकार महासंघले शनिबारबाट
शनिबारबाट शुरु हुने २४ औं महाधिवेशनमा समावेशी विधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको महासंघको १२ औं बैठक संशोधन प्रस्ताव महाधिवेशनमा लाने निर्णय गरेको हो ।
समावेशी विधानमा उपाध्यक्ष र सचिवमा समावेशी पदहरु सिर्जना गरिएको जनाउँदै महासंघले संशोधन प्रस्तावमा महासंघको आर्थिक सुशासन र पारदर्शिता अभिवृद्धि गर्न लेखा समिति रहने व्यवस्था छ ।
नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा उल्लेख्य योगदान दिएवापत १० जना पत्रकारलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान दिने निर्णय गरिएको महासंघका महासचिव ओम शर्माले बताए । त्यसैगरी पूर्वसभापतिहरु, सम्पादकहरु र सञ्चारक्षेत्रमा विशिष्ट योगदान पुर्याएका १० जना पत्रकारलाई महाधिवेशनका लागि सभासद्मा मनोनीत गरेको छ ।
निरन्तर ३० वर्षदेखि पत्रकारितामा क्रियाशील ६५ वर्ष नाघेका अग्रज पत्रकारहरुका लागि ‘वरिष्ठ पत्रकार सम्मानवृत्ति’ प्रदान गर्ने निर्णय महासंघले गरेको छ । बैंठकले यस वर्षको उमा सिंह पत्रकािरता पुरस्कार पत्रकार सरिता दाहाललाई दिने निर्णय गर्यो ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता