इजरायलका दिदीबहिनीको मुक्तक

आदरणीय साहित्यिक अनुरागी मनहरु न्यानो अभिवादन !
प्रवासमा कामको समय बाट केहि फुर्सद निकालेर यहाँहरु सामु केहि मनका भावना हरु मुक्तक मार्फत पोख्दै आएका छौ त्यसै गरि आज पनि सधैको बिहिबार झैं" मुक्तकिला मनहरु" केहि मुक्तकहरु लिएर हजुरहरु सामु आएका छौ अबश्य पनि स्वीकार्नु हुने छ भन्ने आशा राख्दछौ केहि मुक्तकहरु समसामयिक बिषयमा आधिरित छन् त केहि मुक्तक हरु माया प्रेम मिलन बिछोड यो सबै कुरालाई समेटेर लेखिएका मुक्तकहरु लिएर हजुरहरु माझ आएका छौ सम्पूर्ण साहित्यिक मनहरुको सल्लाह र सुझाबको अपेक्षाका साथ अबश्य पनि कमि कमजोरी औल्याईदिनु हुनेछ !

हाम्रा मुक्तक हरु यसरि सुरु हुन्छन्>>>

मुक्तक (१ )
हाम्रो सम्बन्ध रेखभित्र आँच नआओस् विश्वासको !
मित्रबिच घृणा भै दुख्ने समय नछाऔस् विवसको
मित्रता जरुरत हो, सुखमा हैन दु:खमा काम लागौं
आत्मिय प्रियजनहरु सुभकामना मित्रता दिवसको !!............अम्बिका याम्फु "अनमोल"
(२ )
मित्रता होस् त कृष्ण र सुदामाको जस्तो !
सर्लक हलक्क बढ्ने बाँस तामाको जस्तो
सच्चा मित्रले जीवनभर दुख सुखमा
सम्बन्ध बनाइराख्छ माया आमाले जस्तो !! .................भबानी अधिकारी नेपाल
(३ )
चोखो माया गर जात धर्म नहेरी !
तर बिन्ति नदेउ पीडा मर्म नहेरी
मेहनत गरे शिखर चुम्ने छौ पक्कै
कोरीएको भाग्य रेखा कर्म नहेरी !!..... बिमला शर्मा ढुंगाना
(४ )
मान्छे हराउछन आफ्नै प्रचार भित्र
दया माया छोडेर अहंकार भित्र!
सुदामालाई पनि सम्झिने हरु
कहिँ कतै भेटिन्छन हजार भित्र!! .........debi subidi
(५ )
हिजै मात्र सहेको'थें प्रलयलाई मैले !
कस्लाई छोड्यो प्रकृतिले भन तिमी पैले
काटे रगत रातै सब्को जाती धर्म के हो
भन तिमी ए मनुवा बुद्धी आउँछ कैले !!..........Sabitra Luitel Ghimire
(६ )
जानुछ मेरो भन्दाभन्दै हातसमाई बसायो साथीले
गफैगफमा आकाशका जूनतारा खसायो साथीले
मृतसागर झैँ फराकिलो मेरो प्रेम तिमीलाई भन्दै
थापेर च्याँखे प्रेमका कुरा बिनासित्ति फसायो साथीले !! .........Radha Bhattarai
(७ )
मेटाएर नमेटिने मनभित्रको सफा चित्र
आत्मियता सद्भाव दर्शाउने मेरा सबै मित्र ।
दु:खदर्द अप्ठ्यारोमा सधैं सधै साथ दिने -
सवैभन्दा प्यारो नाता मित्रता छ पवित्र ।।.....................Bhagawati Basnet
(८ )
बिहानी शितल पवन बनी छाउछ किन ?
कोइली को मिठो धुन संग संगै गाउछ किन ?
अध्यारो रात चम्किलो तारा हरुको साथमा
उसको मात्र सम्झना मलाई आउछ किन ? ..........श्रेष्ठ बसु
(९ )
प्रेमको यो संगर्षमा जब बिजय हुनेछ
तब हाम्रो नया जीवनको उदय हुनेछ
धैर्यतालाई बाधेर प्रतिक्षामा बस्नु पर्छ
पक्कै हामीलाई मिलाउने समय हुनेछ .......कल्पना पौडेल 'जिज्ञासु'
(१० )
जिबन बनायाकी छु एउटा सपना !!
तेसैले त् कोर्ने गर्छु तिम्रो मेरो रचना!!
सजाएर सधै राख्छु मन मुटु भरि !!
बनाउछु हाम्रो माया एउटा नमुना!! ............Nisa Katwal
(११ )
लड्न लागे उठाउन ति हातमा यी हात दिन्छु !
चोखो मित्रताको लागि सधै मेरो साथ् दिन्छु
कहिल्यै नछुटोस हामि बिचको मित्रताको डोरी
आपत पर्दा सम्झ मलाई मेरा दिनरात दिन्छु.........निलम भुसाल
(१२ )
मायाको तलाउ सुकाएर जान्छ उसैले !
पटक पटक मन दुखाएर जान्छ उसैले
जसको आफ्नो भन्दानि बढी भर पर्यो
बिश्वासको डोरि चुडाएर जान्छ उसैले !!.....................Sabita Adhikari Ghimire
(१३ )
यहाँ मान्छे द्वारा मान्छेकै भाउ हुदैछ अचेल !
कस्ले कत्ती टेन्डर हान्ने दाउ हुदैछ अचेल
गजबछ जवाना मुखमा राम बगलिमा छुरा
यस्तो जमात देखेर मुटुमा घाउ हुदैछ अचेल !!............नाना रोदुङ्
(१४ )
कोहि खुसीका पलहरु चुम्न आतुर बन्दै होलान् !
कोहि विगतका अविस्मरणीय पलहरु सम्झिदै होलान्
जीवन एक चक्र हो घुम्दै आउछ कहिले दुख कहिले सुख
बिर्सिएर यो सव, सुखमा रमाउने कोहि, दुखमा रुदै होलान् !!..........रजनी शर्मा
(१५ )
खास कुरा मात्र समाचार बन्छ बाँकी सबै गन्थन हुन्छ !
त्यहाँ समस्या सुल्झिन्छ जहाँ बिचारको मन्थन हुन्छ
आफैं भित्र समाहित हुनेहरुको ठुलै मेला लागेकोछ अचेल
नियतिले उसलाई साथ् दिन्छ जसको नियत कंचन हुन्छ !!......................लक्ष्मी अनुरागी
(१६)
परिवर्तन जब देख्न पाइन्न भने अभियान चलाउनुको के अर्थ !
मनभित्रको भावना बदल्न सकिन्न भने कविता सुनाउनुको के अर्थ
?
यहाँ व्यक्तिका पुजारीहरू स्वार्थका निम्ति भिड भाड बनाएर बसेका छन |
दामको लागि गरिबीको नाउँ रट्ने कपुतलाई नेता बनाउनुको के
अर्थ ?....................Lila Rijal

(१७ )
देख्छु पाउमा धर्ती शिरमा आकाश तिम्रो
के रह्यो कमि किन मन छ उदास तिम्रो
हेर लाखौं हजार छ्न फूल झरेका प्रमाण
न त मेरो रहन्छ न अमर श्वास तिम्रो !!................अस्मि जी एम

(१८)

अमर बनोस मित्रता जीवन भर नछुटोस
समयले जहाँ लगे पनि खुशी यो नलुटोस
एकआपस मा विश्वासको दरवार वनाएर
सपना बनी हाम्रो नाता हकिल्यै नटुटोस!!.........शान्ता खवास
 — 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता